विश्वकप : अमेरिका र वेल्सको बराबरीमा रोकिए

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले लियो ।
खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनले पुलिसिकको पासमागोल गरेको थिए तर, खेलको ८२ औँ मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
अमेरिकाका वाल्कर जिमर म्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो । यस खेलसँगै समूह ‘बी’मा रहेको वेल्स र अमेरिकाले समान एक एक अङ्क बाँडेका छन् ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया