विश्वकप जित्ने सपना बोकेको अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियासँग भिड्दै
काठमाडौं । कतार विश्वकप २०२२ जित्ने सपना देखेका लियोनेल मेसी र उनको टिम अर्जेन्टिनाले आज पहिलो खेल खेल्दैछ । समूह सीमा आज अर्जेन्टिनाले एसियाली राष्ट्र साउदी अरेबियासँग खेल्न लागेको हो । यो खेल नेपाली समयअनुसार आज दिउसो पौने चार बजे सुरु हुनेछ ।
लगातार ३६ खेलसम्म नहारेको अर्जेन्टिनाले आजको खेल जितेमा वा बराबर गरेमा विश्व कीर्तिमानमा बराबरी गर्नेछ । यस अघि ३७ खेलसम्म नहारेको रेकर्ड इटालीको नाममा छ । अर्जेन्टिनालाई आज कीर्तिमान बराबरी गर्ने स्वर्णिम अवसर छ । आज र अर्को खेलमा मेक्सिकोसँग खेल नहारे अर्जेन्टिनाले ३८ खेलसम्म नहारेको विश्व कीर्तिमान आफ्नो नाममा लेखाउनेछ ।
अर्जेन्टिनाले १९७८ र १९८६ मा दुईपटक विश्वकप उपाधि जितेको छ । तीनपटक अरु फाइनल खेले पनि पराजित भएको थियो । २०१४ मा जर्मनीसँग फाइलनमा अर्जेन्टिना १–० ले पराजित हुँदै विश्वकपको उपाधिविहीन बनेको थियो ।
अर्जेन्टिनाका लागि यसपटक मेसी थप लयमा छन् । उनलाई मार्टिनेज, डि मारिया, पाउलो डिबाला पनि फरवार्डमा मेसीका लागि गज्जव लयमा देखिए अर्जेन्टिनालाई जित्न अरु टिमलाई गाह्रो पर्न सक्नेछ ।
यो समूहका अन्य दुई टिममा पोल्यान्ड र मेक्सिको छन् । यी दुईबीचको खेल पनि आजै हुँदैछ ।
अर्जेन्टिना सधैंजस्तो यसपटक पनि विश्वकपको बलियो दाबेदार हो । विश्वभर नै अर्जेन्टिना र ब्राजिलका सबैभन्दा धेरै समर्थक रहेका छन् ।
यी दुई टिमबीच अहिलेसम्म चार खेल भएका छन् । जसमा दुईमा अर्जेन्टिनाले जित्दा दुई खेल बराबरी भएका छन् । अर्जेन्टिनाले ७ गोल गर्दा साउदीले तीन गोल गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया