तनहुँ–१ मा एमालेको अग्रता, पछि परे रामचन्द्र
काठमाडौं । तनहुँ क्षेत्र नं १ मा नेकपा एमालेका एकबहादुर रानाले अग्रता लिएका छन् । रानाले ३ हजार ३४२ मतसहित अग्रता लिएका हुन् । यस अघि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायम राखेका थिए ।
पछिल्लो मतपरीणाम अनुसार पौडेल ३ हजार २१० मतसहित रानालाई पछ्याउँदै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । तनहुँ–१ प्रतिनिधिसभामा १० जना प्रतिस्पर्धामा छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया