मेसीको टिम स्तब्ध बनेपछि डेली मेलले लेख्यो : डन्ट क्राइ फर अर्जेन्टिना
काठमाडौं । विश्वकप फुटबलमा साउदी अरेबियाले सनसनीपूर्ण प्रदर्शन गर्दै लियोनेल मेसी प्रेरित अर्जेन्टिनालाई पराजित गरेको छ । समूह सीको पहिलो खेलमा अर्जेन्टिना साउदीसँग स्तब्ध बनेपछि विश्वभरका मिडियाले अनपेक्षित परिणाम भनेर लेखेका छन् ।
खेलमा १–० गोलको अग्रता लिनुको बाबजुद अर्जेन्टिनाले साउदीसँग २–१ गोलको पराजय बेहोरेको हो ।
विश्वको चर्चित मिडिया डेल मेलले अर्जेन्टिनाको स्तब्धपूर्ण पराजयपछि लेखेको छ –डन्ट क्राइ फर अर्जेन्टिना ।
अर्जेन्टिना विश्वकप जित्ने दाबेदार टिम हाे । तर पहिलाे खेलमै उसले नमिठाे झट्का बेहाेर्याे ।

४८ औं मिनेटमा सालेह अल सेहरी अर्जेन्टिनाको रक्षापंक्तिलाई जिल्याउँदै बराबरी गोल गरे । ५३ औं मिनेटमा सालेम अल दसारीले अर्जेन्टिनाविरुद्ध अर्को गोल गरे । अन्ततः यही गोल नै अर्जेन्टिनालाई पराजित गर्न निर्णायक बनिदियो ।
१० औं मिनेटमा मेसीले पेनाल्टी गोलमा टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफमा अर्जेन्टिनाले लगातार दुई गोल खाएपछि खेलमा फर्कन नसकेको हो ।
४८ र ५३ औं मिनेटमा अर्जेन्टिनाले गोल खाएको हो । पहिलो हाफमा अर्जेन्टिनाले गरेका तीनवटै गोल अफसाइड भएका थिए ।
यसैबीच अर्जेन्टिनाको लगातार ३६ खेलको पराजयविहीन यात्रालाई पनि साउदीले टुंग्याइदिएको हो ।
पहिलो हाफमा आत्मविश्वासी देखिएको अर्जेन्टिना दोस्रो हाफमा लागतार दुई गोल खान पुगेपछि अत्तालिएको थियो । अन्तिमसम्मै गोल फर्काउन कोशिश गरे पनि सफल हुन सकेन । जसले उसलाई पहिलो खेलमा दुखद् पराजयको सामना गर्न बाध्य बनायो ।
लगातार ३६ खेलमा अपराजित रहेको अर्जेन्टिना कीर्तिमान बराबरी गर्नबाट पनि चुक्यो । इटालीले एक पनि नहारी लगातार ३७ खेल जितेको रेकर्ड आफ्नो नाममा लेखाएको छ । कम्तिमा पनि बराबरी मात्रै गर्न सकेको भए यो कीर्तिमानसँग उसले बराबरी गर्ने थियो ।
पराजयपछि दबाबमा अर्जेन्टिना
अब बाँकी मेक्सिको र पोल्यान्डविरुद्ध जितेमात्रै अर्जेन्टिनालाई अन्तिम १६ मा जान बाटो खुल्नेछ । अन्यथा अब एकमात्रै बराबी वा पराजयले पनि अर्जेन्टिनालाई कठिन हुनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया