जुम्ला प्रदेशसभा २ मा एमालेका पछाई विजयी
काठमाडौं । जुम्लाको प्रदेशसभा २ मा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न मतगणनामा एमालेका उम्मेदवार टेकराज पछाई विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताए ।
पछाईले सात हजार ८२६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी) का कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाले ६ हजार सात सय १५ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले चार हजार एक सय ६५ मत प्राप्त पाएका छन् । नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर रावतले एक हजार दुई सय दुई मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया