कैलाली-३ को प्रतिनिधिसभा र प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी
कैलाली । कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा र दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन् ।
साथै, दुवै प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार विजयी भएका हुन् ।
निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा १ बाट घनश्याम चौधरी र प्रदेशसभा २ बाट खुसीराम चौधरी विजयी भएका हुन् ।
धनश्याम चौधरीले १३ हजार नौ सय २३ मत प्राप्त गर्नुभयो भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज डगौरा थारुले ११ हजार पाँच सय ७२ मत प्राप्त गरे ।
प्रदेशसभा २ का खुशीराम चौधरीले सात हजार पाँच सय ३९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउद ६ हजार छ सय १९ मत प्राप्त गरे ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया