सप्तरी–३ को (ख) मा जनमत पार्टीका साह निर्वाचित

काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका शम्भुकुमार साह १० हजार आठ सय ६२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
सप्तरी–३ का निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार आज सम्पन्न मतपरिणममा उनी ४८ मतान्तरले विजयी भएका हुन् ।
निकटमप्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विदेश्वरप्रसाद यादवले १० हजार आठ सय १४ मत प्राप्त गरे भने नेपाली कांग्रेसका भगवतीप्रसाद यादवले नौ हजार दुई सय एक मत प्राप्त गरेका थिए ।
यसैगरी सप्तरी क्षेत्र नं २ को प्रदेशसभा सदस्य (१) मा जनमत पार्टीका सतिश सिंह र प्रदेशसभा (२) मा महेश यादव निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
‘कुलिङ अफ पिरियड’मा भएको गडबडीबारे छानबिन गर्न विशेष समितिले पायो २१ दिनको समय
-
राप्रपा र रास्वपाले गरे संसद वैठक बहिष्कार
-
‘जनताको अनुहारमा खुसी देखेको दिन मेरो प्रयासले सार्थकता पाउनेछ’-विनोद चौधरी
-
चार कम्पनी कालोसूचीमा
-
क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल
प्रतिक्रिया