बर्दिया २ मा स्वतन्त्रका चौधरी विजयी
काठमाडौ । बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै उनी विजयी भएका हुन् ।
चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत प्राप्त गरे ।यसैगरी नेकपा (एमाले) का पङ्कजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गरे भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत प्राप्त गरे ।
चौधरी रेशम चौधरीका बुबा हुन् । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको हो ।
क्षेत्र नं. २ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियो भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया