फिफा विश्वकप : जापानद्वारा जर्मनी पराजित
काठमाडौं ।कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा जापानले जर्मनीलाई पराजित गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा जापान जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।
खेलमा सुरुआती अग्रता भने जर्मनीले लिएको थियो । खेलको ३३औँ मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १–० को अग्रता दिलाएका थिए । जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसमा गुन्डोगानले गोल गर्न सफल भए ।
त्यस्तै खेलको दोस्रो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७५ औँ मिनेटमा स्थापन्न खेलाडीका रूपमा मैदान प्रवेश गरेका जपानका खेलाडी रित्सु डोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मैदान प्रवेश गरेको चार मिनेटमै उनले गोल गरेका हुन् ।
त्यसपछि खेलको ८३ औँ मिनेटमा ताकुमा असानोले गोल गर्दै जापानलाई २–१ को जित दिलाए । यस नतिजासँगै समूह ई को जापानले ३ अङ्क जोडेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया