कालीकोट प्रदेशसभा ‘१’ मा माओवादीका रावत विजयी
कालीकोट । कालीकोट प्रदेशसभा ‘१’ मा नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी भएका छन् । रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुर्मराज शाहीसँग एक हजार ५९ मतान्तरले विजयी भएका हुन् ।
रावतले नौ हजार ११ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुर्मराज शाहीले सात हजार नौ सय ५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ ।
प्रदेशसभा ‘१’ मा ३५ हजार तीन सय ५१ मतदातामध्ये १९ हजार नौ सय ३१ मत खसेको जिल्ला मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए । त्यसमध्ये रावतले नौ हजार ११, शाहीले सात हजार नौ सय ५२, राप्रपाका उम्मेदवार सूर्यबहादुर शाहीले एक हजार ७१ मत प्राप्त गरेको लम्सालको भनाइ छ । नेमकिपाका रवीन्द्रबहादुर शाहीले एक हजार एक सय ७२ ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया