मोदीले पुटिनलाई भने, ‘युक्रेनका राष्ट्रपतिसँग सिधै वार्ता गर्नुस्’
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार कुराकानी गरेका छन् ।
कुराकानीका क्रममा प्रधानमन्त्री मोदीलाई राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग सिधै वार्ता गर्न सुझाव दिएका छन् ।
रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला प्रधानमन्त्री मोदीले चिन्ता व्यक्त गर्दै युद्ध अन्त्य गराउने प्रयास स्वरुप राष्ट्रपति पुटिनसँग वार्ता गरेका हुन् ।
रुसका राष्ट्रपति पुटिनले युक्रेनका राष्ट्रपतिसँग वार्ता गरेमा समस्या समाधान हुने विश्वास पनि प्रधानमन्त्री मोदीले व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उनीहरूका बीचमा झण्डै ५० मिनेट कुराकानी भएको उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया