ओडिशामा आतिशबाजी प्रतियोगितामा विस्फोट हुँदा ३० जनाभन्दा बढी घाइते
एजेन्सी । बुधबार ओडिशाको केन्द्रपारामा आतिशबाजी प्रतियोगिताको क्रममा भएको विस्फोटमा परी ३० जना भन्दाबढी घाइते भएका छन्।
घटना केन्द्रपारा सदरमुकाम बलिया बजारमा भएको हो ।
घाइतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल ल्याइएको छ । केन्द्रपाडाका जिल्ला मजिस्ट्रेट अमृत ऋतुराजले दिएको जानकारी अनुसार ‘बलिया बजारमा विसर्जन र्यातलीमा आतिशबाजीको प्रतियोगिता चलिरहेको बेला भएको विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइते सबैलाई केन्द्रपाडा जिल्ला अस्पतालमा भर्ना गरिएको छ।’
घटनाबारे अनुसन्धान भइरहेकाे छ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया