NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

समानुपातिक मतगणना जारी : प्रतिनिधिसभामा कुन दलको कति मत ?

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ ।

निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले पाँच लाख ५५ हजार ८३२ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख २९ हजार नौ मत प्राप्त गरेको छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या दुई लाख ८६ हजार  २१६ रहेको छ । यस्तै नेकपा (माओवादी केन्द्र) को दुई लाख ५७ हजार ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीको एक लाख ५४ हजार २३१, जनता समाजवादी पार्टी नेपालको ६६ हजार  ६८८, नेपाल मजदुर किसान पार्टीको ५१ हजार २३६, जनमत पार्टीको ४५ हजार  ६४१, नागरिक उन्मुक्ति पार्टीको ३८ हजार ७२४, नेकपा (एकीकृत समाजवादी) को ३६ हजार ४०७, लोकतान्त्रिक समाजवादी नेपालको ३१ हजार ८८६, हाम्रो नेपाली पार्टीको २१ हजार ७३० मत रहेको निर्वाचन आयोगले जनाएको छ ।