झापा ३ मा सिटौला पराजित, लिङदेन विजयी

काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई पछि पार्दै राप्रपाका राजेन्द्र लिङदेन निर्वाचित भएका छन् ।
उनले ४० हजार ६४८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सांसद निर्वाचित भएका हुन् ।
उनलाई पछ्याइरहेका कांग्रेस नेता सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेर पराजित भएका छन् ।
प्रतिक्रिया