नुवाकोट २ : केसीलाई फराकिलो अग्रता, घण्टीलाई खतिवडाले उछिने
काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले आफ्नो अग्रता यथावत राख्दै प्रतिस्पर्धीलाई पछि पार्दै लगेका छन् । दोस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भने त्यसलाई जोगाउन नसकेर तेस्रोमा झरेको छ ।
मतगणनाको सुरुदेखि नै अगाडि लागेका केसीले एमाले उम्मेदवार नारायणप्रसाद खतिवडालाई ७ हजार ९९४ मतान्तरले पछाडि पारेका हुन् ।
केसीले १९ हजार नौ सय ९७ मत हासिल गर्दा खतिवडा १२ हजार तीन मतका साथ निकै पछिबाट पछ्याइरहेका छन् ।
यसअघि सार्वजनिक मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो स्थानमा थियो । मतगणना अघि बढ्दै गर्दा यो दललाई भने एमालेले उछिनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले ११ हजार तीन सय ८७ मतका साथ खतिवडालाई पछ्याइरहेका छन् ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया