नुवाकोट २ : केसीलाई फराकिलो अग्रता, घण्टीलाई खतिवडाले उछिने
काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले आफ्नो अग्रता यथावत राख्दै प्रतिस्पर्धीलाई पछि पार्दै लगेका छन् । दोस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भने त्यसलाई जोगाउन नसकेर तेस्रोमा झरेको छ ।
मतगणनाको सुरुदेखि नै अगाडि लागेका केसीले एमाले उम्मेदवार नारायणप्रसाद खतिवडालाई ७ हजार ९९४ मतान्तरले पछाडि पारेका हुन् ।
केसीले १९ हजार नौ सय ९७ मत हासिल गर्दा खतिवडा १२ हजार तीन मतका साथ निकै पछिबाट पछ्याइरहेका छन् ।
यसअघि सार्वजनिक मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो स्थानमा थियो । मतगणना अघि बढ्दै गर्दा यो दललाई भने एमालेले उछिनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले ११ हजार तीन सय ८७ मतका साथ खतिवडालाई पछ्याइरहेका छन् ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया