बर्दिया-१ (२) मा नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित
बर्दिया । बर्दिया क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी विजयी भएका छन् । उनले १३ हजार दुई सय ३० मत ल्याएर विजयी भएको हो भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का भक्तबहादुर विश्वकर्माले १२ हजार एक सय ८३ मत प्राप्त गरेका छन् ।
चौधरी एक हजार ४७ मतको अन्तरले विजयी हुन सफल भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ । गठबन्धनबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी भएको अञ्जु दहितले ११ हजार चार सय ९० मत पाएकी छिन् । दहित बारबर्दिया नगरपालिकाकी पूर्वउपप्रमुख छन् ।
बर्दियामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाकै मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभा–१ मा कांग्रेसका सञ्जयकुमार गौतम, क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार लालवीर चौधरी, क्षेत्र नं १ (१) का सदस्य कांग्रेसका भुवनेश्वर चौधरी, १ ९२० मा नागरिक उन्मुक्ति पार्टीका चौधरी र क्षेत्र नं २ (१) मा जन्मजय तिमिल्सेना र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी क्षेत्र नं २ (२) मा विजयी भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया