दाङबाट दुई बहालवाला मन्त्री विजयी
काठमाडौं । दाङ क्षेत्र नं. १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का शान्ता चौधरीले २० हजार एक सय ३५ मत प्राप्त गरेको मतदान अधिकृत मानबहादुर विष्टले जानकारी दिए ।
उनीहरूबीच पाँच हजार दुई सयको मतान्तर छ । त्यस्तै स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार सात सय ९४ मत प्राप्त गरे ।
क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार सात सय मत खसेको थियो । दाङ–१ को प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का इन्द्रजित थारू निर्वाचित भए । एक हजार सात सय ७५ मतले प्रतिस्पर्धीलाई पाखा लगाउँदै उनी निर्वाचित भएका हुन् ।
उनले १३ हजार पाँच सय पाँच मत प्राप्त गरे भने एमालेका गङ्गाराम भट्टराईले ११ हजार सात सय ३० मत हासिल गरे ।
थारू लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री हुन् । यसअघि एमालेसँग तालमेल गरेर चुनाव जितेका थारू यसपालि गठबन्धनबाट उम्मेदवार बनेका थिए । सो क्षेत्रमा ४० हजार एक सय छ मत खसेको थियो ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया