नुवाकोट १ मा हितबहादुरले मतान्तर बढाउँदा पछि परे मैनाली
काठमाडौं । नुवाकोट १ का माओवादी उम्मेदवार हितबहादुर तामाङले आफ्नो मतान्तर तन्काउँदै लगेका छन् । तामाङले मतान्तर बढाउँदा एमालेका बद्री मैनाली ७३८ मतले पछि परेका छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार, तामाङले २० हजार ३६ मत हासिल गरेका छन् । तामाङलाई नजिकबाट चुनौती दिइरहेका बद्री मैनालीको मत १९ हजार २९८ छ ।
यो क्षेत्रको ककनी, लिखु, सूर्यगढी, पञ्चकन्या र शिवपुरी गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । अब तादी गाउँपालिकाको वडा नं. ५, ६ र दुप्चेश्वर गाउँपालिकाको गणना गर्न बाँकी छ ।
अहिले त्यहाँ धमाधम मतगणना चलिरहेको छ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया