नवलपरासीमा देवेन्द्रराज कँडेलको लज्जास्पद हार, राप्रपाका प्रधान विजयी
नवलपरासी । नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल नवलपरासी–२ बाट पराजित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधानसँग निकै फराकिलो मतान्तरमा कँडेल पराजित हुन पुगेका हुन् ।
प्रधानले ३४ हजार ९५९ मतका साथ जित निकाल्दा कँडेल १९ हजार ५९४ मतमा रोकिए । उनीहरूबीचको मतान्तर १५ हजार ३३६ छ ।
कँडेल विवादास्पद पृष्ठभूमिका नेता हुन् । उनले भारतीय नागरिकता लिएको विषय केही समयअघि प्रकाशमा आएको थियो ।
यहाँ नेकपा एमालेका उम्मेदवारले १४ हजार ४९८ मत बटुले ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया