सिरहा-३ (२) मा एकीकृत समाजवादीका यादव निर्वाचित
काठमाडाैं । प्रदेशसभाअन्तर्गत सिरहा जिल्ला निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा (एकीकृत समाजवादी) का प्रमोदकुमार यादव निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार बिहीबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार यादवले नौ सय ६२ मतान्तरसहित नौ हजार नौ सय ७६ मत प्राप्त गरेका छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सञ्जयप्रकाश यादवले आठ हजार १४ मत प्राप्त गरे ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणामअनुसार जनता समाजवादी पार्टीबाट रेणुकुमारी यादवले छ हजार सात सय ७९ मत प्राप्त गरिन् ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया