माओवादीका मोदी निर्वाचित
काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी) का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विनोद ढकाललाई २४ हजार चार सय ६३ मतमा रोकेर मोदी विजयी बनेका हुन् ।
त्यसैगरी, गत आइबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ ४ (२) बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का जीवन घिमिरे नौ हजार छ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया