सिरहा १ (२) मा गुप्ता र ४ (२) मा यादव निर्वाचित
काठमाडौं । सिरहा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार गुप्ता निर्वाचित भएका छन् । उनले १६ हजार दुई सय ३९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) पार्टीका अशोककुमार यादवले १३ हजार दुई सय ३३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी जनमत पार्टीका शम्भुप्रसाद साहले पाँच हजार पाँच सय २७ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकहरि बस्यालले जानकारी दिए। त्यस्तै सिरहा क्षेत्र नं ४ को प्रदेशसभा २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु यादव निर्वाचित भएका छन् ।
यादवले ९ हजार सात सय ६३ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका सुरेशकुमार मण्डलले ९ हजार तीन सय ९८ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया