पाल्पा १(२) मा एमालेका सारु निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा पाल्पा १ (२) मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी भएका छन् ।
सारु १४ हजार दुई सय ९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर खनालले चार हजार सात सय ९१ मत प्राप्त गरेका छन् ।
मङ्गोल नेशनल अर्गनाइजेशनका लालबहादुर दर्लामीले दुई हजार ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद पङ्गेनीले तीन सय ७४ र राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले एक सय ६५ ले मत पाएका छन् ।
प्रदेशसभा सदस्यमा २४ हजार ८६ मत खसेकोमा चार सय ९३ मत बदर भएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया