समानुपातिक मतगणना : माधवको पार्टीले बढायो मत
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगले आज बिहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । त्यसैगरी, नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ ।
घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४५ हजार पाँच सय ६१ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म सात लाख १९ हजार तीन सय ७२ मत प्राप्त गरेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ७८ हजार दुई सय ३३, जनता समाजवादी पार्टी (जसपा) ले दुई लाख चार हजार सात सय २४ प्राप्त गरेको छ ।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पछिल्लो गणनामा मत बढाएको छ । निर्वाचन आयोगका अनुसार, उसले हालसम्म एक लाख ४८ हजार दुई सय १७ मत हासिल गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीले एक लाख लाख ३३ हजार पाँच सय चार मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया