माओवादीले थप्यो प्रतिनिधिसभामा एक सिट
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा १ सिट थपेको छ ।
काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ सूर्यमान तामाङ (दोङ) ले एमाले उम्मेदवारलाई रोक्दै जित निकालेसँगै माओवादीको एक सिट थपिएको हो ।
निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धि नेकपा (एमाले) का उम्मेदवार रेशमबहादुर लामा ३० हजार पाँच सय ४८ मतमा खुम्चिए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ आठ हजार छ सय ९७ मत प्राप्त गरी तेस्रो भए ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार आठ सय ५३ मत पाए ।
काभ्रे–१ मा जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी १७ उम्मेदवार रहेका थिए ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया