बारा–२ मा ३५४ मतान्तरको हारजित
काठमाडौं । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार यादवले १३ हजार आठ सय २२ मत प्राप्त गरेका छन् । त्यसैगरी, निकटतम नेकपा (माओवादी केन्द्र) का शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गरे । उनीहरूबीच ३५४ मतान्तर रहेको छ ।
खरायो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो भए ।
बारा–२ मा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाल पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल सुसासन पार्टी र स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दिएका थिए ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया