कांग्रेसका चौधरी प्रतिनिधिसभामा विजयी
काठमाडौं । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचति भएका थिए ।
निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर४, सप्तरीले जनाएअनुसार उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरे ।
गत प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा समेत चौधरी यस क्षेत्रबाट विजयी भएका थिए । यो नतिजा आएसँगै सप्तरीको प्रत्यक्षतर्फ सबै परिणाम घोषणा भएको छ । जसअनुसार प्रतिनिधिसभामा कांग्रेस दुई, जनमत र जसपा पार्टी एक–एक स्थानमा विजयी भएको छ ।
प्रदेशसभामा जनमत पार्टीले चार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एस) र स्वतन्त्रले एक–एक सदस्यमा जित हासिल गरेको छ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया