रुसको आक्रमणपछि युक्रेनबाट २० हजारभन्दा बढी नागरिक टर्की पुगे
सिन्ह्वा । युक्रेनमा रुसले सैन्य हमला गरेपछि यहाँका नागरिकहरु भागेर विदेशिएका छन् । त्यस क्रममा २० हजार जना भन्दा बढी युक्रेनी नागरिक भागेर टर्की पुगेका बताइएको छ ।
टर्कीका अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार सम्ममा युक्रेनबाट भागेर २० हजार ५५० जना नागरिक टर्की पुगेका छन् ।
रुसले युक्रेनमाथि गएको फेब्रुअरी २४ मा सैन्य हमला गरेको थियो । त्यसपछि आक्रमणको त्रासले यहाँबाट नागरिक भाग्ने क्रम सुरु भएको थियो । त्यसै क्रममा गएको फेब्रुअरी २४ देखि आइतबारसम्ममा २० हजार ५५० जना युक्रेनी नागरिक टर्की पुगेका बताइएको छ ।
टर्कीको आन्तरिक मामिलासम्बन्त्री मन्त्रालयका अनुसार हाल युक्रेनी नागरिकलाई टर्की प्रवेश गर्नका लागि प्रवेशाज्ञा नचाहिने भएको छ । उनीहरू राहदानी तथा परिचयपत्रका आधारमा त्यहाँ प्रवेश गर्न सक्ने भएका छन् । त्यसैले पनि यता युक्रेनमा रुसी हमलाबाट तर्सिएका नागरिक टर्की तथा अन्य छिमेकी मुलुकतर्फ भागेका हुन् ।
रुसले अहिले पनि युक्रेनका विभिन्न सहरमा हमला जारी नै राखेको छ । यहाँ सयौँ सैनिक तथा गैरसैनिक नागरिक मारिएका छन् । यहाँ अहिले पनि आक्रमण जारी नै रहेकाले मानवीय संकटको अवस्था देखिएको छ । त्यसकारण पनि सहयोगको खोजीमा यहाँका नागरिक बाहिरिएका छन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया