समाजवादीले पाएको मतप्रति ओलीको शंका, भने–वृद्धि अस्वाभाविक छ, चनाखो हुनुहोला
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीलाई राष्ट्रिय दल बनाउन गठबन्धन दलको मिलेमतोमा मत थप्ने कार्य भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । उनले यस्ता गलत कार्यप्रति सजग हुँदै गणनाको मुचुल्का आफूलाई पठाउन मतगणनामा खटिएका आफ्ना प्रतिनिधिलाई निर्देशन दिएका छन् ।
समानुपातिकतर्फको सुरुवाती मतगणनामा निकै पछि रहेको समाजवादीले त्यसमा उल्लेख्य सुधार गरेसँगै ओलीले यस्तो आशंका व्यक्त गरेका हुन् । निर्वाचन आयोगको पछिल्लो सार्वजनिक विवरणअनुसार एकीकृत समाजवादीले १ लाख ९५ हजार ३४४ मत पाएको छ ।
उनले माधव नेपाल समूहले ल्याएको यो मतलाई अस्वाभाविक भनेका छन् । थ्रेस होल्ड नकट्ने भएपछि गठबन्धनको अर्को दलको मत जोडेर मत संख्या बढाइएको हुनसक्ने आशंका ओलीको छ ।
‘समानुपातिक मतगणना भइरहेको छ। सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्नेजस्ता गलत कार्य पनि हुनसक्छ।’
ओलीले मतदानको मुचुल्का आफ्नो फेसबुकको इनबक्समा पठाइदिन पनि कार्यकर्तालाई निर्देशन दिएका छन् ।
‘जिल्ला जिल्लामा मतगणनामा रहनुभएका साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु,’ ओलीले फेसबुकमा लेखेका छन् ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया