महोत्तरी–१ मा एमालेका महतो निर्वाचित
काठमाडौं । महोत्तरी–१ मा नेकपा (एमाले) का लक्ष्मी महतो निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले उछिन्दै विजयी भएका हुन् ।
महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेका छ ।
त्यसैगरी महोत्तरी–१ ९१० प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी भएका छन् । थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए ।
जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा चार प्रतिनिधसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया