NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

इटहरी इन्टरनेशनल कलेजको छात्रवृत्ति पुरस्कार सम्पन्न

काठमाडाैं । इटहरी इन्टरनेशनल कलेजले विभिन्न विद्यार्थीहरुलाई छात्रबृत्ति पुरस्कारद्वारा सम्मान गरेको छ ।

कलेजले शैक्षिक, अनुशासन र सहभागिताका पक्षहरुमा जोड दिएर कलेजको क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने २०२२ का विद्यार्थीहरुलाई सम्मान गरेहो हो ।

उक्त ‘एएए छात्रबृत्ति पुरस्कार’ कार्यक्रम समारोह सम्पन्न गरेको छ । एएए छात्रबृत्ति जुन शिक्षविद्हरुको उपस्थितिमा भएको थियो ।

विद्यार्थीहरुलाई उनीहरुको कलेजमा उत्कृष्टताको आधारमा सय प्रतिशत ट्युसन शुल्क मिनाहा  गरिएको छ । जसले विद्यार्थीहरुको  लागि प्रोत्साहन हुने बिस्वास कलेजले लिएको छ ।

यस्तैगरी छात्रबृत्ति  कार्यक्रमको लागि कुल १३६  जना विद्यार्थीले आवेदन  दिएका थिए । हाम्रा संकाय सदस्यहरुले चुनौतिपुर्ण छनोट प्रकृयापछि २१ विद्यार्थीहरुलाई सम्मानित गर्न योग्य ठहरिएको थियो, विज्ञप्तिमा उल्लेख छ । उक्त छात्रबृत्तिको लागि २८ लाख रुपैयाँको राशी थियो ।

छनौटमा परेका  विद्यार्थीको सम्मानमा यो समारोह आयोजना गरिएको कलेजले जनाएको छ ।

कार्यक्रममा पुस्कृत विद्यार्थीहरुलाई कलेजका प्रमुख कार्यकारी अधिकृत  डा. दक्षता राणा शाहले धन्यबाद ज्ञापन गरेका थिए ।  ‘म र कलेज  परिवार पहिलो एएए  छात्रबृत्ति  प्राप्त  गर्न यहाँहरुले देखाउनु भएको लगनशिलताबाट गौरव गर्दछ’, अध्यक्ष राणाले भने ।