सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै

काठमाडाैं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत् दिन सकिने व्यवस्था गरेको छ ।
उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट https://www.sanimabank.com/ मा ‘Apply Loan up to 5 Lakhs against FD’ मा क्लिक गरी आवश्यक विवरणहरु भरे पश्चात् मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन् । अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढिमा ९५ प्रतिशत वा अधिकतम ५ लाखमध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।
हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३.५१ प्रतिशत, मुद्दतीमा १२.१३३ प्रतिशतट, रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र बचत खाताहरुमा ९.१३३ प्रतिशतसम्मको व्याजदर प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु छन् ।
ताजा अपडेट
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
प्रतिक्रिया