माओवादीका जिल्ला संयोजक र सचिवको राजीनामा
काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन नसकेपछि माओवादी केन्द्रको ललितपुर जिल्ला कमिटी संयोजक र सचिवले राजीनामा दिएका छन् ।
ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले पार्टीका उम्मेदवारको पराजयमा नैतिक जिम्मेवारी लिँदै पदबाट अलग हुने निर्णय गरेका हुन् ।
हालै सम्पन्न निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा माओवादी केन्द्रबाट ऊर्जामन्त्री पम्फा भुसाल प्रतिस्पर्धामा उत्रिएकोमा पराजित भएकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले जित हासिल गर्दा भुसाल निकटतम प्रतिस्पर्धीसम्म हुन सकिनन् ।
त्यस्तै क्षेत्र नं. ३ प्रदेश सभा १ बाट माओवादी केन्द्रकै राजकाजी महर्जन उम्मेदवार बनेकोमा उनी पनि पराजित भए ।
यसैगरी ललितपुर क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा माओवादी केन्द्रका उम्मेदवार हरि दाहालले पनि हार व्यहोरेका थिए ।
स्रोतका अनुसार कट्टेल र पुलामीले आफ्नो जिल्लामा भएको पार्टीको हारको जिम्मेवारी लिँदै बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएका छन् ।
राजीनामा दिने कट्टेल माओवादीका जनयुद्धकालीन नेता हुन् । उनी गत स्थानीय तह निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयर उम्मेदवार बनेकोमा पराजित भएका थिए ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया