अमिताभको नेपाल साइनो : प्रश्नपछि ढाकाटोपी !
काठमाडौं । अहिले सामाजिक सञ्जालमा बलिउड सुपरस्टार अमिताभ बच्चनले नेपाली ढाकाटोपी लगाएको तस्बिर भाइरल भइरहेको छ ।
टोपीसहित तस्बिर बच्चनले सामाजिक सञ्जाल इन्टाग्राममा राखेका छन् । तस्बिरमा उनी प्रसन्न मुद्रामा देखिएका छन् । यो तस्बिर के प्रशंगमा राखिएको हो त्यो भने उनले खुलाएका छैनन् । मात्र उनले रोमनमा लेखेका छन्, केटीको केटीको ।’ यो के भन्न खोजेको त्यो पनि बुझ्न गाह्रो छ ।
साथै, अर्को तस्बिर पनि अहिले भाइरल भइरहेको त्यसमा भने बच्चनसँगै बलिउडका हस्तीहरू डेनी डेजोङ्पा, अनुपम खेर र वोमन इरानी छन् । उनीहरू सबैले नेपाली ढाकाटोपी नै लगाएका छन् ।

यी तस्बिरलाई लिएर नेपाली दर्शकले विभिन्न प्रतिक्रिया दिएका छन् । प्रायः प्रतिक्रिया सकारात्मक छन् ।
पछिल्लो समय सुपरस्टार बच्चन नेपालसँग नजिकिएका छन् । उनले सञ्चालक गर्ने कार्यक्रम ‘कौन बनेगा करोडपति’मा पनि उनले नेपालसँग सम्बन्धित प्रश्न बनाउँदै आएका छन् ।

धेरै समय पहिले हिन्दी चलचित्र ‘महान’ को सुटिङका लागि बच्चन नेपाल आएका थिए । उनले अभिनित अर्को चलचित्र ‘उचाइ’ समेत केही अगाडि नेपालमै छायाङ्कन भएको थियो ।
छायाङ्कनका लागि उनी नेपाल आउने हल्ला चलेपनि स्वास्थ्यका कारण देखाएर उनले नेपालको छायाङ्कन रद्द गरेका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया