विजुलीको पोलमा ठोक्कीएर एक जनाको मृत्यु
काठमाडौं । विजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा काठमाडौंमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाईकल चालक नुवाकोटका २६ वर्षिय सविन कँडेको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा बा ७४ प ५७५९ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्कीएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका कँडेलको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति साढे ११ बजे मृत्यु भएको हो । यस्तै, मोटरसाइकलको पछाडि बसेका नुवाकोट पञ्चकन्या गाउँपालिका ४ का २२ वर्षका सन्देश कार्की घाइते भएका छन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया