विजुलीको पोलमा ठोक्कीएर एक जनाको मृत्यु
काठमाडौं । विजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा काठमाडौंमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाईकल चालक नुवाकोटका २६ वर्षिय सविन कँडेको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा बा ७४ प ५७५९ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्कीएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका कँडेलको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति साढे ११ बजे मृत्यु भएको हो । यस्तै, मोटरसाइकलको पछाडि बसेका नुवाकोट पञ्चकन्या गाउँपालिका ४ का २२ वर्षका सन्देश कार्की घाइते भएका छन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया