हरिवन नगरपालिकाको दमकल सञ्चालन गर्न सम्झौता
सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको दमकल सञ्चालन गर्न बागमती र ईश्वरपुर नगरपालिका पनि साझेदार बनेका छन् । दमकल सञ्चालनमा बागमती र ईश्वरपुर नगरपालिकाले वार्षिक तीनतीन लाख व्यहोर्ने सहमती गरी तीन नगरपालिकाबीच दमकल सञ्चालनको सम्झौता भएको हो ।
आवश्यक परेको बखत परिचालन गर्ने गरी तीनवटै नगरपालिकाबीच सम्झौता भएको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीले जानकारी दिए ।
नगरपालिकाको कुनै पनि क्षेत्रमा आगलागीजन्य घटना भएमा अविलम्ब उक्त क्षेत्रमा वारुणयन्त्र पु¥याई आगलागी नियन्त्रण कार्यमा सहयोग पु¥याउने लगायतका विषयहरु सम्झौतापत्रमा समेटिएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार आचार्यले बताए । अब दमकल सञ्चालन गर्न सहज हुने हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानकाे भनाइ छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया