धनुषा ४ (२) मा एमालेका महतो विजयी
धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ४ (२) मा नेकपा (एमाले) का हरिनारायण महतो विजयी भएका छन् । नेकपा (समाजवादी) का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी भएका हुन् ।
विसं २०६४ देखिका सबै निर्वाचन जित्दै आएका सत्रुधन यसपटक भने पराजित भएका छन् । हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार ९०६ मत प्राप्त गरेका छन् ।
मतगणनाको सुरु देखि नै अग्रता बनाएका हरिनारायण एक हजार ३४२ मतान्तरले विजयी भएका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया