सुनको मूल्य तोलामा २०० ले बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको तोलामा ९७ हजार १०० रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन तोलाको ९७ हजार ४०० रुपैयाँ र तेजावी सुनको ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ तोकिएको छ ।
मंगलबार चाँदी स्थिर रही १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया