चीनका पूर्व राष्ट्रपति जियाङ्ग जेमिनको निधन
एजेन्सी । चीनका पूर्व राष्ट्रपति जियाङ्ग जेमिनको निधन भएको छ । लामो समयदेखि रक्त क्यान्सरबाट पीडित जेमिनको ९६ वर्षको उमेरमा निधन भएको हो । चिनियाँ समाचार संस्था सिन्हुवाका अनुसार सत्तारूढ कम्युनिस्ट पार्टीले देशवासीको नाममा पत्र सार्वजनिक गर्दै शोक मनाउन आग्रह गरेको छ । सन् १९८९ मा भएको तियानमेन स्क्वेयर घटना पछि जेमिनलाई सत्तारूढ कम्युनिस्ट पार्टीको जिम्मेवारी दिइएको थियो । जेमिन चीनको राष्ट्रपति हुँदा चीनको कूटनीतिक दुरी अन्त्य भएको थियो भने अमेरिकासँगको सम्बन्ध पनि सुधार भएको थियो । साथै चीनको आर्थिक उन्नति पनि हुन थालेको थियो । जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति थिए ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया