चीनका पूर्व राष्ट्रपति जियाङ्ग जेमिनको निधन
एजेन्सी । चीनका पूर्व राष्ट्रपति जियाङ्ग जेमिनको निधन भएको छ । लामो समयदेखि रक्त क्यान्सरबाट पीडित जेमिनको ९६ वर्षको उमेरमा निधन भएको हो । चिनियाँ समाचार संस्था सिन्हुवाका अनुसार सत्तारूढ कम्युनिस्ट पार्टीले देशवासीको नाममा पत्र सार्वजनिक गर्दै शोक मनाउन आग्रह गरेको छ । सन् १९८९ मा भएको तियानमेन स्क्वेयर घटना पछि जेमिनलाई सत्तारूढ कम्युनिस्ट पार्टीको जिम्मेवारी दिइएको थियो । जेमिन चीनको राष्ट्रपति हुँदा चीनको कूटनीतिक दुरी अन्त्य भएको थियो भने अमेरिकासँगको सम्बन्ध पनि सुधार भएको थियो । साथै चीनको आर्थिक उन्नति पनि हुन थालेको थियो । जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया