सुदूरपश्चिम प्रदेश १९ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा
काठमाण्डौं । १९ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई पराजित गरी सुदूरपश्चिम प्रदेश एक खेल अगावै फाईनलमा पुगेको छ ।
फाईनलमा स्थान सुरक्षित गर्ने क्रममा सुदुरपश्चिमले मधेशलाई ७ विकेटले पराजित गरेको हो ।
मधेशले सुदुरपश्चिमलाई जितका लागि १ सय २३ रनको लक्ष्य दिएकोमा सुदुरपश्चिमले १८ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको मधेशले ३८ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो । पाँच खेलबाट सुदूरपश्चिमले १० अङ्क जोडेको छ ।
मधेश प्रदेश चार खेल अङ्कबिहिन रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया