भुईं मान्छेका मान्छे हौं, संसद र सडक दुवैतिर हुन्छौं – रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफूहरू संसद र सडक दुवैतिर हुने प्रतिबद्धा व्यक्त गरेका छन् ।
बिहीबार समाजिक सञ्जालमा फिल्डमा खटिएको फोटो पोस्ट गर्दै उनले सांसदको काम नीति निर्माण भएपनि काम गर्न र गराउन भने फिल्ममै खटिनुपर्ने बताएका हुन् ।
‘हामी भुईं मान्छेका मान्छे हौं, भुईं छोड्ने त कुरै आउँदैन नि । हामी आगो नलागोस् भन्ने कामना मात्रै गर्दैनौं, आगो लागिहाले निभाउन पनि पुग्छौं,’ उनले लेखेका छन्, ‘नीतिहरू कागजतमा मृत भएर बस्नु हुन्न, नागरिकले महसुस गर्ने गरी लागू पनि हुनुपर्छ । त्यसैले हामी संसद र सडक दुवैतिर छौं । हामी यस्तै छौं ।’
निर्वाचनको मतगणना सकिसकेको छैन । तर, रविलगायत केही सांसदहरू फिल्डमा उत्रिएर काम गर्न थालिसकेका छन् ।
रविले केही दिनअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङलाई भेटेर चितवनको इच्छाकामना गाउँपालिकामा विद्युत पुर्याउने काम अघि बढाउने पहल थालेका छन् । त्यस्तै रसायनिक मलको समस्या समाधानका लागि पनि उनले छलफल थालेका छन्।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया