सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई आयोगले वैधता दिनु दुःखद : एमाले
काठमाडौं । स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङगो धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको भन्दै एमालेका नेताहरूले आपत्ति जनाएको छ ।
निर्वाचन आयोगले मतगणना स्थगित भएको स्याङ्जा र बाजुरामा स्थलगत अवलोकनपछि पुनः मतदान गर्न नपर्ने निर्णय गरेको थियो । दोलखाको १० वटा केन्द्रमा पुनः मतदान भएको छ । मंसिर ४ मा भएको निर्वाचनमा कांग्रेसले सत्ताको चरम दुरुपयोग गरी बुथ कब्जा गरेको आरोप लगाउँदै एमालेले तीन जिल्लामा पुनः मतदान गर्न आयोगलाई पत्राचार गरेको थियो ।
तर एमालेको पत्रचारपछि दोलखामा बाहेक दुई जिल्लामा पुनः मतदान गर्न नपर्ने आयोगले निर्णय गरेपछि एमालेले आपत्ति जनाएको हो । बिहीबार एमालेका महासचिव शंकर पोखरेलले स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई आयोगले वैधता दिएकोमा आपत्ति जनाए ।
‘स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
पोखरेललाई साथ दिँदै एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले स्याङ्या र बाजुरामा सत्तापक्षको धाँधलीलाई आयोगले वैधता दिएकोमा आपत्ति जनाए ।
स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नु दुःखद र गम्भीर विषय हो । कांग्रेसको लोकतन्त्र गजबको छ’, बिहीबार सामाजिक सञ्जाल फेसबुकमा बस्नेतले लेखेका छन्,’ ‘उ शक्तिशाली भएको ठाउँमा सधैं बुथ बब्जा र धाँधलीको सहारा लिन्छ । मरेका, विदेश गएकाा सबै मतदाताको भोट कार्यकर्ता र कतिपय ठाउँमा प्रहरी र कर्मचारीलेसमेत मत हालेर आफू जित्ने लोकतन्त्र बलियो बनाउने गजबको भाषण गर्दछ ।’
पार्टी सिस्टममा लोकतन्त्र सबैको जीवन पद्धतिको बिषय नबने सम्म यस्ता समस्या आइरहन्छ उनले बताए ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया