जनताको भावनाअनुसार अगाडि बढछु : मन्त्री कार्की

सुनसरी । सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनताको भावनाअनुसार अगाडि बढ्ने बताएका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा आज मुख्य निर्वाचन अधिकृत सुनसरीले आयोजना गरेको नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभाका पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले भने, ‘जनताले जुन उद्देश्य र विश्वास गरेर आफूलाई मत दिनुभएको छ त्यसलाई आजैको मितिदेखि कार्यान्वन गर्नका लागि अगाडि बढ्नेछु ।’
मन्त्री कार्कीले जनताले आफूमाथि गरेको विश्वास तथा भावनालाई अगाडि बढाउँदै क्षेत्रको विकास तथा जनताको अपेक्षालाई पूरा गर्ने बताए ।
उनले मुलुकको आर्थिक विकास, राजनीतिक स्थायित्व कायम गर्नका लागि अगाडि बढ्ने उल्लेख गरे । यस क्षेत्रमा रहेको विकास निर्माण, शिक्षा, स्वास्थ्य, भौत्तिक संरचना निर्माण लगायतको कार्य गर्नका लागि आफू प्रतिबद्ध रहेको बताए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया