काभ्रेमा ३२ हजार मत बदर

काभ्रेपलाञ्चोक । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात प्रतिशत मत बदर भएको हो ।
जिल्लामा एक लाख ८७ हजार तीन सय ३० जनाले मतदान गरेका थिए । जिल्लामा तीन लाख १० हजार ६३ मतदाता रहेका थिए । जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार ८६ हजार चार सय ६२ महिला तथा एक लाख आठ हजार ६८ पुरुष मतदाता मतदानमा सहभागी भएका थिए ।
क्षेत्र नं १ मा कुल खसेको मतमा प्रत्यक्षतर्फ चार हजार चार सय २६ तथा समानुपातिकतर्फ तीन हजार सात सय २२ मत बदर भएको छ । क्षेत्र नं १ प्रदेशसभा ९१० मा प्रत्यक्षतर्फ एक हजार पाँच सय ८४, प्रदेशसभा ९२० मा प्रत्यक्षतर्फ एक हजार चार सय ६३ तथा प्रदेशसभा ९१० र ९२० मा समानुपातिकतर्फ चार हजार आठ सय ७२ मत बदर भएका थिए ।
क्षेत्र नं २ मा प्रत्यक्षतर्फ तीन हजार आठ सय ३७, समानुपातिकतर्फ तीन हजार नौ सय १३ तथा क्षेत्र नं २ ९१० मा प्रत्यक्षतर्फ एक हजार चार सय ५१, क्षेत्र नं २ ९२० मा एक हजार सात सय ५१ तथा समानुपातिकतर्फ पाँच हजार चार सय २६ मत बदर भएका थिए ।
यसैबीच प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको मतपरिणामअनुसार काभ्रेपलाञ्चोकका ५० उम्मेदवारको जमानत जफत भएको छ ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा गरी जम्मा ६४ को उम्मेदवारी कायम भएको थियो । धरौटी जोगाउन नसक्ने उम्मेदवार ७८ प्रतिशत छन् ।
ताजा अपडेट
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
प्रतिक्रिया