समानुपातिक मत : एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा (एमाले) ले २७ लाख ७३ हजार ९९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ४४ हजार दुई सय ४१ मतसहित दोस्रो स्थानमा रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र (नेपाल समाजवादी पार्टी) ले ११ लाख ६१ हजार दुई सय ५६, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार नौ सय ९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८५ हजार नौ सय २१, जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार नौ सय ३१ र जनमत पार्टीले तीन लाख ९४ हजार तीन सय ४५ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकी छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया