उदयपुरको किवीले बजार पाएन
उदयपुर । उदयपुरकाे रौतामाई गाउँपालिका बोलुङखा चिसापानीमा उत्पादन भएको किवीले उचित मूल्य नपाउँदा किसान चिन्तामा परेका छन् ।
सात वर्षअघि व्यावसायिकरुपमा किवी खेती सुरु गरिएको र राम्रो उत्पादन हुँदा पनि बजार नपाउँदा किसान चिन्तामा परेका हुन् ।
अहिले रौताको बोलुङखा, चिसापानी र नामन्त क्षेत्रका किसानले एक सय केजीदेखि पाँच सय केजीसम्म किवी उत्पादन गर्न सुरु गरिरहेका छन् ।
जिल्लाभित्र किवी बिक्रीमा समस्या हुँदा बजार खोज्न धरान, इटहरी, इनरुवा दुहवी तथा विराटनगरसम्म पुग्नुपर्ने अवस्था आएको जिल्लाका किवी किसानको भनाइ छ ।
चिसापानीमा क्षेत्रमा झण्डै १० घरका किसानले व्यावसायिकरुपमा किवी खेती गर्दै आएको रौता बोलुङ्खाका कृषक हर्क राईले बताए । बोलुङ्खाकै अर्का किसान भूपराज राईले पनि आफूहरुले उत्पादन गरेको किवीले बजार नपाएको गुनासो गरे ।
६ वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट किवीको बिरुवा लगेर सुरु भएको किवी खेतीले अहिले राम्रो फल दिन सुरु गरिसकेको उनको भनाइ छ । “उत्पादन त भयो तर बजार पाउन सकेको छैन” उहाँले भन्नुभयो, “यसको महत्व नबुझेर पनि बिक्री नभएको हुनसक्छ ।”
अहिले बोलुङ्खा क्षेत्रमा झण्डै आठ घर कृषकले पहिलोपटक किवी उत्पादन सुरु गरेको पनि राईको भनाइ छ । रौताकै चिसापानीका पाँच घर परिवार पनि किवी खेतीमै आबद्ध छन् । तर किवीले बजार नपाउँदा किसानहरु भने पीरमा छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया