संघ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता : नेता कोइराला
मध्यविन्दु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा शशांक कोइरालाले सघं र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताएका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट नवनिर्वाचित प्रतिनिधिभिा तथा प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले संविधानको चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार आवश्यक बन्ने बताए ।
‘केन्द्र सरकार मात्र होइन गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित छ’, नेता कोइरालाले भने, ‘स्थायी सरकारले मात्र मुलुकलाई निकास दिने भएकाले गठबन्धनको सरकार बन्ने निश्चित छ ।’ उनले पाँच वर्षसम्म गठबन्धनको सरकार रहे मात्र देश समृद्धिमा जान सहज हुने बताए ।
‘महिलालाई ३३ प्रतिशत भनिएको भए पनि राजनीतिमा भने लागू नभएकाले त्यसर्फ ध्यान दिनुपर्ने देखियो’, उनले भने, ‘महिलालाई कुनै कोटाबाट नभइ स्वतस्फूर्त रुपमा अगाडि बढाउन सक्दो प्रयास गर्नेछु ।’
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा गठबन्धनकै सरकार बन्ने दाबी गरे । उनले गण्डकी प्रदेशमा गण्ठबन्धनको बहुमत रहने हुँदा यही गठबन्धन कायम रहने बताए ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विष्णुकुमार कार्कीले जनताका सेवा तथा विकास कार्यमा पन्छिन नहुने बताउँदै भने, ‘जनताले आफ्नो अमूल्य मत दिएर जनप्रतिनिधि भएपछि पार्टीको कुरा गरेर मात्र हुँदैन । निष्पक्ष भएर समग्र जनताको सेवा र विकास गर्नुपर्छ ।’
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया