रुस र युक्रेनका क्लबमा खेल्ने विदेशी खेलाडीले सम्झौता रद्द गर्न पाउने
काठमाडौंं । छिमेकी देश युक्रेनमाथि आक्रमण गरेपछि रुसले फुटबलमा मंहंगो मूल्य चुकाउनु परेको छ । सोही आक्रमणलाई निउँ बनाएर फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले रुसलाई कतार विश्वकप छनोटबाट निस्काशित गरेको छ ।
युद्धको असर युक्रेनी फुटबललाई नपर्ने कुरै भएन । त्यहाँ पनि अहिले फुटबल गतिविधि बन्द भएका छन् । स्वयम् युक्रेनी खेलाडीसमेत युद्धमा होमिएका छन् ।
यसैबीच, फिफाले रुस र युक्रेनका क्लबहरूमा आवद्ध विदेशी खेलाडी तथा प्रशिक्षकले अस्थायीरुपमा सम्झौता टुंग्याउन सक्ने सुविधा दिएको छ ।
फिफाले रुस र युक्रेनमा रहेका विदेशी खेलाडी तथा प्रशिक्षकले सम्झौता अन्त्य गरेर अन्यत्र जान पाउने जनाएको हो ।
तर यो प्रावधान भने सिजनको अन्त्य अर्थात जुन ३० सम्मका लागि मात्र लागू हुने बताइएको छ ।
अन्य देशका क्लबहरूलाई रुस तथा युक्रेनमा खेलिरहेका विदेशी खेलाडीमध्ये दुई जनालाई अनुबन्धन गर्न पाउनेसमेत फिफाले निमय बनाएको छ ।
वेल्स र अष्ट्रियाबीचको खेल निर्धारित मितिमै
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया