विमानस्थलमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु
जुम्ला । जुम्लाको विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलालीका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
कर्णाली प्रदेश प्रहरीका अनुसार बेहोस अवस्थामा भेटिएका युवकको उपचारको क्रममा मृत्यु भएको हो ।
आज बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित जुम्ला विमानस्थलको पश्चिम तर्फको तार जाली भित्र कैलालीका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएका थिए ।
बेहोस अवस्थामा फेला परेका जैसीको उपचारको लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको थियो ।
प्रतिष्ठानका डाक्टरले जैसीलाई उपचारमा क्रममा मृत घोषणा गरेकोे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया