स्याङ्जामा गुरुङको अग्रता कायमै

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायम रहेको छ ।
कांग्रेस उम्मेदवार गुरुङ नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा एक हजार पाँच सय ५८ मतले अगाडि छन् ।
साँझसम्मको गणनाअनुसार गुरुङले १८ हजार १९ मत प्राप्त गर्दा अर्यालले १६ हजार चार सय ६१ मत प्राप्त गरेकी छन ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले छ हजार चार सय ९० मत ल्याएका छन्। कूल ७० हजार एक सय ९१ मत खसेको क्षेत्र नं २ मा साँझसम्म ४३ हजार आठ सय १६ मतगणना भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए ।
मतगणना भएको मतमध्ये ४२ हजार तीन सय ४५ मत सदर भएको छ भने एक हजार चार सय ७१ मत बदर भएको हो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया